मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

काठमाडौँ – बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् । मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए । उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।

तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । ‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’ । यद्धपी, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् ।

उनले युनुसको पाकिस्तानको आईएसआई वा जमातए९इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए। उनीहरु अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?