मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बंगलादेशका महान्याधिवक्ता कार्यालयका ७० कानुन अधिकतले दिए राजिनामा

ढाका– बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् ।

कार्यालयले सोमबार बिहान सो जानकारी दिएको हो ।

त्यहाँ नियुक्त भएका २१५ नायव र सहायक महान्यायाधिवक्तामध्ये ७० जनाले राजीनामा दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

बुधबार अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्शेद र पछि महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा दिएका थिए । 

बिहीबार थप दुई अतिरिक्त महान्यायाधिवक्ता एसएम मुनीर र ब्यारिस्टर मोहम्मद मेहेदी हसन चौधरीले राजीनामा दिएको जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?