मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देखिन थाले सडकमा डयुटी छाडेर हिडेका बंगलादेशका ट्राफिक प्रहरी

ढाका– हसिना सरकारको पतन पछिको असुरक्षाका कारण डयुटीबाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन ।

करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो । उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ड्युटीमा देखिएका छन् ।

यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो ।

निजी संस्थाका कर्मचारी अनिसुर रहमानले भने, ‘ट्राफिक प्रहरी काममा फर्किनु सहरवासीका लागि राहतको कुरा हो । विद्यार्थीहरूले पछिल्ला केही दिनहरूमा ट्राफिक नियन्त्रण गरेर राम्रो काम गरे तर यो लामो समयसम्म जारी राख्नु हुँदैनथ्यो, युवा विद्यार्थीहरूको लागि जोखिम थियो।‍

अन्सारका सदस्य र विद्यार्थीले पनि सडकमा अनुशासन कायम गर्न सहयोग गरेको देखियो ।

विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा पूर्व प्रधानमन्त्री शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो ।

पछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो । आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए। उनले बिहीबारसम्म काममा नफर्किनेलाई काम गर्न नचाहेको मानिने बताए ।

आइतबार दिउँसो ३ बजेदेखि देशभरका ६३९ प्रहरी चौकीमध्ये ५९९ प्रहरी कार्यालय सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?