काठमाडौँ – अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।
त्यहाँ नेपाली टोलीले एक दिवसीय विश्वकप क्रिकेटको छनोट लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृङ्खलाको अन्तिम तयारी गर्ने छ ।
नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक शृंखला खेल्ने छ। नेपालको लिग–२ मा यो दोस्रो शृंखला हो।
गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाहेकका खेलाडी भारत प्रस्थान गरेका छन्।
क्यानडामा सोमबार सम्पन्न ग्लोबल टी–२० लिग रहेका उनीहरु केही दिनमै प्रशिक्षणका लागि भारत पुग्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया