मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्युजिकल फिल्म ‘प्याकुली´मा वैदेशिक राेजगारीमा गएका युवाकाे कथा

काठमाडौँ- म्युजिकल फिल्म ‘प्याकुली’मा वैदेशिक रोजगारीमा गएका युवाको कथा समेटिएको छ ।

काठमाडौंको सिटिसी मलस्थित वन सिनेमा हलमा शनिबार म्युजिकल गीति फिल्म युट्युबमार्फत सार्वजनिक गरिएको हो । आरआर (रामहरि) खड्काको शब्दमा रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ भने भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् ।

भिडियोको निर्माण भने शिशिर गरूङले गरेका हुन् । नीतिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय रहेको छ । क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन् ।

समाजको कथालाई आफै भोगेर शब्दमा उतारेका आरआर खड्काले म्युजिक भिडियोका मुख्य चरित्र निभाएका छन् । ‘गाउँ समाजमा घटिरहेको घटनालाई शब्दमा उतारेका छौं । अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन्’ उनले भने, ‘केही सत्य घटना पनि होलान ।’

‘तर अरूका कुरा सुनेर कुनै कदम नचाल्नुस् । श्रम गर्ने परिवारले कागले कान लग्यो भनेर पछि लाग्ने भन्दा पनि कान छाम्ने गरौं । यो गीतको यही सन्देश हो ।’

खड्काले यो घरघरको कथा भएको बताए । ‘अधिकांश मान्छे विदेशमा छन् । श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बोल्नै अफ्ठेरो छ । मैलै गाउँमै भोगेको कथा हो । समाजप्रति दायित्व लागेर यो निर्माण गरेका हौं । मनोरञ्जनमात्र होइन सन्देश पनि दिउ भन्ने मुख्य ध्येय हो’ उनले स्पष्ट पारे ।

गीतको भिडियोमा अभिनय गरेकी तलिशा गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्रको रूपमा काम गर्न पाउँदा खुसी लागेको बताइन् । ‘प्याकुली एक वर्षपछि रिलिज भयो । राम्रो भिडियो आएको छ । भिडियो हेर्दा म नै होइन जस्तो लाग्यो । गाउँको गृहणी जस्तो महसूस भयो ।’

‘अब मूल्यांकन गर्ने स्रोता दर्शकको कुरा हो । वास्तविकता भन्दा कुरा सुनेको भरमा सम्बन्धहरू ब्रिगिरहेको हुन्छ । यो घरघरको कथा हो’ उनले भनिन् ।

गायक बाबुल गिरीले यो अहिलेसम्मकै फरक खालको उत्कृष्ट गीत भएको बताए । समाजको कथामा चित्रण गरिएको गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेको भन्दा फरक परिवेशमा बनेको गीत उत्कृष्ट भएको बताइन् । ‘गीत आफैमा राम्रो बनेको छ । प्रशंसा गर्नै पर्दैन, मीठो बनेको छ ।’

बाकसमा लास आउने तथा अन्य दृश्यले दशैको माहोल फिल भयो । चलिरहेको भन्दा अलि फरक गीत बनेको छ । दशर्कले पनि स्वतस् मन पराउनु हुनेछ ।’ उनले भनिन् ।

गीत सार्वजनिक समारोहमा दिपाश्री निरौला, शिवहरि पौडेल, गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवा लगायत कला क्षेत्रका निर्माता निर्देशकको उल्लेख्य उपस्थिति थियो ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?