काठमाडौँ– रु रु जलविद्युत परियोजनाको खुद नाफा ७.०७ प्रतिशतले बढेको छ । जुन बढेर ७ करोड ३६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले ७.०७ प्रतिशत नाफा कमाएको हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले छ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ०.९२ प्रतिशतले बढेर १३ करोड ६२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसको यस्तो आम्दानी १३ करोड ४९ लाख ९४ हजार रुपैयाँ थियो । कुल नाफा २.११ प्रतिशतले बढेर ९ करोड २० लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २४ लाख ११ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९८ पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया