अत्यधिक नुनको सेवनले रक्तचाप बढाउँछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । नुनिलो खानेकुराहरूको प्रयोग सकेसम्म कम गर्नुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी अपनाउनुपर्छ ।
मुटुरोग विशेषज्ञ डा.ओम मूर्ती अनिलका अनुसार दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हानिकारक हुन्छ । तर नुन खाँदै नखानु वा अत्यन्तै कम खानु पनि उल्टै हानिकारक हुनसक्छ ।
उनका अनुसार नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्छु भन्ने सोच्नु मूर्खता नै हो ।
नुन धेरै नै कम खायो भने सोडियमको मात्रा रगतमा कम कहिलेकाहीँ नुनको कमीले बिरामीको अवस्था सिकिस्त भएर ज्यान पनि जान सक्छ । घरमा सामान्य नुन हालेर खाना खान मिल्ने उनी बताउँछन् ।
मूलतः बढी नुनिलो खाना नखाने, खानामा नुन नथप्ने, Low Sodium नुनको सट्टामा मसला र कागतीको प्रयोग गर्ने आदि रक्तचाप नियन्त्रण गर्ने सरल उपायहरू हुने उनको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया