सीमाका कारण धेरै देशबीचको सम्बन्ध सुमधुर हुँदैन । तर स्वीटजरल्याण्ड र फ्रान्सले सीमा क्षेत्रको सदुपयोग गरेर विश्व समूदायलाई गज्जब उदाहरण दिएका छन् ।
दुवै देशको सीमा क्षेत्रमा एउटा २ तारे होटल स्थापना गरिएको छ । झण्डै १५० वर्ष अघि स्थापना भएको यो होटलले दुवै देशबीचको घनिष्टतालाई अझ मजबुद बनाएको छ ।
होटलको नाम हो, अरबेज फ्रेन्को स्विस होटेल । यो होटलको एक तिहाई भाग स्वीटजरल्याण्डमा पर्छ भने दुई तिहाइ भाग फ्रान्समा पर्छ । ला क्योर नामक गाउँमा अवस्थित यो होटेलमा बास बस्न जाने पाहुनालाई शुरुमै सोधिन्छ तपाइँ फ्रान्समा सुत्नुहुन्छ की स्वीटजरल्याण्डमा ?
यो होटलका सबै कोठाहरु दुई भागमा बाँडिएका छन् । होटलका हरेक कोठामा यस्तो प्रकारले डबल बेड सेट गरिएको छ, बेडको आधा हिस्सा स्वीटजरल्याण्डमा पर्छ भने आधा हिस्सा फ्रान्समा । अर्थात् एउटै कोठाभित्र सुतेका पाहुनामध्ये पनि एकजना फ्रान्समा तथा अर्को स्विजरल्याण्डमा सुत्न पाउँछ ।
फ्रान्स र स्विजरल्याण्डमा पर्ने बेडका लागि विछ्यौना र तकिया पनि फरक फरक हालिएको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया