मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज साउनको अन्तिम सोमबार, शिवालयहरुमा भक्तजनको भीड

काठमाडौँ– आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यसकारण साेमबार शिवालयमा भिड लाग्ने गर्छ । आज अन्तिम सोमबार भएकोले  बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।

काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि भीड छ ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले समेत आजैबाट विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?