मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झोलुङ्गे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढे

ढोरपाटन ‘बागलुङ’ – झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । 

आर्थिक वर्ष २०७९-८० मा २५ र २०८०-८१ मा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुङ्गे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेका छन् । 

विसं २०७७ देखि बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभई बाह्य पर्यटक तान्न थालेको छ । ‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिँदै आइएको छ । गतवर्ष गत यसै वर्ष बागलुङ नगरपालिका–४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजल गाउँपालिका–८ नाङ्लिबाङ ओडारे जोड्ने गरी ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यी दुवै पुलका कारण पर्यटक बढेको जानकार बताउँछन् । जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुङ्गे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ । बजारसम्म मात्रै नभई यहाँका धार्मिक तथा पर्यटकीयस्थलसम्म पु¥याउन मद्दत पु¥याएको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । 

पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ । “पुलले बागलुङको पहिचानलाई उचोँ बनाएको छ, बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारासहित पर्यटन प्रवद्र्धन सुरु गरेको छ”,  खड्काले भने, “पुलले टाढा–टाढा मानिसलाई पनि यसले जोड्ने काम गरेको छ ।”

बागलुङको १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुङ्गे पुल छन् । एउटै पालिमा धेरै सङ्ख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाई दिएको तमानखोला गाउँपालिका–२ का नरबहादुर विकले बताए । यसैवर्ष तमानखोलाको भयरबोङ्गामा बनेको पुलले स्यानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटक आउन थालेको उनको भनाइ छ । यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उनले सुनाए । 

विकले भने, “यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियो नै बाहिरबाट मान्छेहरु घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरु किनेर लैजाने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ आउने देखिन्छ ।”

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्ष अगाडि निर्माण भएको लामो झोलुङ्गे पुलमा पनि आन्तरिक पर्यटक सङ्ख्या बढिरहेको छ । पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै हुने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ९कल्याण० ले जानकारी दिए । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । 

 बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथि पट्टी निर्माण भएको पुलले पनि यात्रुलाई आकर्षित गर्ने उनले बताए । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?