बिहान सबेरै उठ्नु राम्रो बानी हो । र बिहान उठ्ने बित्तिकै पानी पिउने,व्यायाम गर्ने, मर्निङ वाक गर्ने बानी अझ राम्रो हो ।
हामीले उठ्नसाथ राम्रा र सकारात्मक कामहरू गर्यौ भने मात्रै दिनपनि राम्रो बन्छ भनिन्छ । यसकारण हामीले जान्नु जरुरी हुन्छ, बिहान उठेर के–कस्ता कामहरू गर्नु हुँदैन ।
बिहान उठ्ने वित्तिकै यस्ता गल्तीहरू नदोहोर्याउनुहोस्
खाली पेटमा कफी
अधिकांश व्यक्तिहरू प्रायः सबैले आफ्नो दिनको सुरुवात चिया वा कफी पिएर गर्छन् । तर, विशेषज्ञहरूका अनुसार बिहान खाली पेटमा कफी पिउनाले कोर्टिसोलको मात्रा बढाउँछ । जो शरीरका लागि पनि हानिकारक छ ।
मसालेदार खाना
बिहानको समयमा मसालेदार खानबाट टाढै बस्नु पर्छ । मसालेदार खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टिक युक्त मसाला कम भएका स्वास्थ्यवद्र्क खाना खानु पर्छ ।
धूम्रपान
कुनै पनि बेला गरिने धूम्रपानले स्वास्थ्यलाई नोक्सान पुर्याउँछ । तर, बिहान उठ्ने बित्तिकै सिगरेट, बिडी पिउनु धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सरको सम्भावना बढाउँछ ।
रक्सी पिउनु
बिहानै उठेर रक्सी खाने कतिपयको बानी हुन्छ । बिहान उठ्नासाथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्छ र हामी विभिन्न रोगको सिकार हुन सक्छौँ ।
रिसाउने, झगडा गर्ने
दिनको सुरुवात सधैँ सकारात्मक भावनाका साथ गर्नुपर्छ । बिहान उठ्नासाथ कोहीसँग पनि रिसाउने झगडा गर्ने बानीले तपाईँमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।
अशान्त हुने कार्यक्रम नहेर्ने
यदि तपाईँले बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मन अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईँको मुड बिगार्ने हुँदा स्वास्थ्यलाई पनि असर पार्छ । भड्किलो कार्यक्रमले तपाईँलाई तनाव पनि उत्पन्न गराउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया