मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेशमा स्थिति सामान्य हुँदै गए पछि कलेज भर्ना खुल्ला, नयाँ आरक्षण नीति लागु गरिने

काठमाडौँ – बङ्गलादेशका विभिन्न कलेज र मदरसामा कक्षा ११ मा चौथो चरणको भर्नाका लागि आवेदन प्रक्रिया आइतबारदेखि शुरु हुँदै छ ।

केही कलेज र मदरसाका सिट खाली भएकाले तीन चरणमा आवेदन दिएर पनि विद्यार्थी भर्ना हुन नसकेकाले यस्तो निर्णय गरिएको हो । विद्यार्थीहरूले अर्को बुधबारसम्म अनलाइन आवेदन दिने अवसर पाउनेछन्।

चौथो चरणको आवेदनको नतिजा अगस्ट १७ मा घोषणा गरिने छ र विद्यार्थी कन्फर्मेसन अगस्ट १८ मा शुरु भएर १९ अगस्ट साँझसम्म जारी रहनेछ। सबै प्रक्रिया पछि चौथो चरणका लागि कलेजहरूमा भर्ना अगस्त १९ बाट शुरु हुनेछ।

कोटा सुधारका लागि जारी आन्दोलनकाबीच गत असार १६ गते देशभरका सबै सरकारी तथा निजी विद्यालय, कलेज, मदरसा र विश्वविद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरिएको थियो ।

 विद्यार्थीले आवेदन दिने कलेजहरूमध्ये एउटा मात्र कलेजको योग्यता, कोटा र प्राथमिकताका आधारमा उनीहरूको भर्ना निर्धारण गरिनेछ। नयाँ आरक्षणको व्यवस्था पछि भर्ना लिन लागिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?