मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख खान पुगे स्वीटजरल्याण्ड, डिडिएलजे सुटिङ भएको स्थान घुम्ने

काठमाडौँ – बलिउडका बादशाह शाहरुख खान यतिखेर स्वीटजरल्याण्डमा छन् । उनी त्यहाँ कुनै फिल्मको सुटिङ वा छुट्टी मनाउन नभई भारतलाई फेरि एक पटक गौरव गर्न पुगेका हुन् । 

वास्तवमा, किंग खान लोकार्नो फिल्म फेस्टिभलमा प्रतिष्ठित पारदो अल्ला करियर अवार्ड प्राप्त गर्ने पहिलो भारतीय बनेका छन्। जसका कारण उनी ७७ औँ फिल्म फेस्टिभलमा अवार्ड लिन स्वीट्जरल्याण्ड पुगेका हुन् ।

उनले ‘दिलवाले दुल्हनिया ले जायेंगे अर्थात डिडिएलजे को सुटिङको पल सम्झिरहेको जनाएका छन् । जहाँ ‘डर’ र ‘दिलवाले दुल्हनिया ले जायेंगे’ जस्ता शाहखका ब्लकब्लस्टर फिल्महरू यहाँ छायांकन गरिएको थियो ।

 सुन्दर स्थानमा रहेको आफ्नो अनुभव सम्झँदै उनले भने, ‘यो स्थान धेरै राम्रो छ। म यहाँ अहिले हुँदा चाहिँ यहाँ अलि गर्मी हुन्छ। सामान्यतया, यो धेरै कुल र राम्रो छ।’

स्वीट्जरल्याण्डमा उनको सबैभन्दा मनपर्ने सम्झनाको बारेमा सोध्दा शाहरुख खानले सम्झना गरे, ‘यहाँ आएर मैले यश चोपडासँग काम गरे र हामीले गरेका सबै कुरा साँच्चै राम्रो थियो। हामीले ९० को दशकमा धेरै समय यहाँ बितायौँ, यही नै मैले धेरै काम गरे ।’

 उनका अनुसार सन् १९७७ को अन्त्यमा स्वीट्जरल्याण्ड आउनु नै ठूलो कुरा थियो र अहिले म यति वर्षपछि यहाँ आउँदा मानिसहरूले ती फिल्महरू सम्झन्छन्।

 यसबाहेक शाहरुख खान त्यहाँ जान चहान्छन त ? जहाँ  उनले डिडिएलजे शूट भएको थियो ताकि उसले ती यादगार पलहरूलाई पुनः ताजा गर्न सकुन् । 

शाहरुख खानले जवाफ दिए, ‘मलाई त्यहाँबाट तस्बिरहरू पठाउनुहोस्। मलाई तिनीहरूको सम्झना छैन। त्यसैले मलाई चित्रहरू पठाई दिनुहोस् ताकी म पुराना दिनहरू याद गर्न सकूँ र भ्याइयो भने जान पनि सकूँ ।’

 यसका साथै उनले लोकार्नो फिल्म फेस्टिभलमा सहभागी हुन पाउँदा आफू निकै खुसी भएको बताउँदै भने, ‘मलाई यो ठाउँको सहजता मन पर्छ, उनीहरुले अवार्ड समारोह आयोजना गर्ने गरिमा र म यहाँ आउन पाउँदा निकै खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?