मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ढाकाको प्रधानन्यायाधीश रेफात अहमद नियुक्त हुँदै

काठमाडौँ – सैयद रेफात अहमद बङ्गलादेशको नयाँ प्रधानन्यायाधीश हुने भएका छन्। शनिबार, अगस्त १० को राती ९ बजे ढिलो उनको नियुक्ती हुने घोषणा गरिएको थियो। 


यसअघि दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त अवस्थामा थियो । प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहान देखी सर्वोच्च अदालत घेराउ गरेका थिए ।

त्यहाँ आन्दोलनकारीहरू ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीले भने,  ‘प्रधानन्यायाधीश लगायत अन्य न्यायधिसले राजीनामा नगरे हसिनाजस्तै कुर्सीबाट बाहिर निकालिनेछन् ।’ 

आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा पदबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी छिन् ।

यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई कुनै जानकारी नदिई शनिबार सम्पूर्ण अदालतको बैठक बोलाएका थिए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका छन् । 

प्रधानन्यायाधीशले राजीनामा दिएपछि थप ५ जना न्यायाधीशले पद छाड्न सक्नेछन् । आन्दोलनकारीले ६ जना न्यायाधीशले राजीनामा नदिएसम्म सडक नछाड्ने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?