मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौँ – गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। 

हिजो साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई तत्काल  पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

उनको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए ।

तिमिल्सिनाको अन्तिम संस्कार पनि आइतबार नै पशुपति आर्यघाटमा गरिने बताइएको छ।

दृष्टिबिहिन नेपाली गायकको रूपमा स्थापित तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका पात्र थिए । 

उनका  ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’  लगायतका दर्जनौँ गीत चर्चित छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?