काठमाडौँ – जारी पेरिस ओलम्पिकमा स्वर्ण विजेताको सूचीमा चीन शीर्षस्थानमा पुगेको छ ।
अमेरिका र चीनकाबीच चर्को प्रतिस्पर्धा रहँदा चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा कायम रहेको हो । जहाँ अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ।
शनिबार रातिका खेल सकिँदा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको हो । शुक्रबार रातीसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३–३३ स्वर्ण जितेका थिए।
स्वर्णमा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ। अहिलेसम्म अमेरिकाले थप ४२ रजत र ४२ नै कास्यसहित जम्मा १२२ पदक जितेको छ। त्यस्तै चीनले थप २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।
दुई सय बढी देश सहभागी ओलम्पिकमा अहिलेसम्म ८२ देशले पदक जितेका छन् । यो सूचीमा तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले समान १८ वटा स्वर्ण जितेको छ।
आयोजक फ्रान्सले १६ स्वर्ण जितेको छ भने यूकेले १४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३–१३ स्वर्ण जितेका छन्। जर्मनी १२, इटली ११ स्वर्णसहित नवौँ र १० औँ स्थानमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया