मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेरिस ओलम्पिक्सको अन्तिम दिन नेपालकी धाविका श्रेष्ठ प्रतिस्प्रर्धा गर्दै

काठमाडौँ– पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन्। सन्तोषी गत १५ गते पेरिस पुगेकी हुन् । दश दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन्। त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्।

सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्। पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन्।

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए। यसबाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?