काठमाडौँ– वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी सो संग्रह सार्वजनिक गरिएको हो ।
रिसालको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा सो संग्रह पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरुमा लेखेका लेख तथा रचनाहरुलाई छानेर समावेश गरिएको छ ।
पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्ष पुगिसकेका रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरुमा र लेखनमार्फत देशलाई योगदान पु¥याएको भन्दै उनीहरुले सम्मान व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया