मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी पाँच देश जहाँ बुबा बन्दा पाइन्छ धेरै बिदा

सुन्दा अचम्म लाग्ने नियमहरू संसारमा छन् । कोही पनि मानिसका लागि आफू पिता बन्नु गौरवको विषय हो । जो व्यक्तिको जीवनको एउटा अद्भुत क्षण मानिन्छ । तर उसको त्यो स्वामित्व राज्यले समेत बिदा लिएर लिन्छ भन्दा नपत्याउन सक्नुहुन्छ । तर वास्तविकता नै भएपछि पत्याउनै पर्‍यो ।

आज हामी बच्चा जन्मिएको बेलामा सबैभन्दा पितालाई धेरै बिदा दिने देशहरूको बारेमा जानकारी दिनेछौँ ।

१.जापान: बच्चा जन्मिएको बेलामा पितालाई धेरै बिदा दिने देशहरूको पहिलो नम्बरमा जापान पर्दछ । पिता बनेको बेलामा जापानमा ३० हप्ताको बिदा दिइन्छ । साथै बिदा दिएको बेलाको पनि पैसा दिइन्छ । तर वर्षमा सयमा ५ जनाले मात्र यसरी धेरै बिदा लिने गर्छन् ।

२. कोरिया: जपना पछि बुबा बनेको बेलामा धेरै बिदा मिल्ने देश कोरिया हो । कोरियामा पनि बिदा बसेको बेलामा पूरै पैसा दिने गरिन्छ । साथै पिता बनेको बेला कोरियामा १७ हप्ताको छुट्टी मिल्छ । जापानमा जस्तै कोरियामा पनि धेरै बिदामा बस्न कोही रुचाउँदैनन् ।

३. पोर्चुगल: धेरै बिदा पाउने तेस्रो देशको सूचीमा पर्छ पोर्चुगल । पोर्चुगलमा बुबा बन्दा पैसा नकाटी २० दिनको बिदा पाइन्छ । २० दिन पछि भने केही पैसा काटेर १२ हप्ता ५ दिन बिदा लिन सकिन्छ ।

४. स्वीडेन : बुबा बन्दा धेरै बिदा दिने देशहरूको सूचीमा चौथो नम्बरमा पर्छ स्वीडेन । स्वीडेनमा पिता बन्दा ९० दिनको बिदा दिने नियम छ । बच्चा जन्मिदा आमा बुबा मिलेर स्वीडेनमा ४ सय ८० दिनको बिदा लिन सक्छन् । बिदामा बसेकाहरूलाई यहाँ पनि जागिरबाट आउने पुरै रकम दिइन्छ ।

५.इस्टोनियाः बुबा बन्दा सबैभन्दा धेरै बिदा पाइने देशको सूचीमा पाँचौँ नम्बरमा पर्छ इस्टोनिया । इस्टोनियामा बुबा बन्दा दुई हप्ताको बिदा दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?