मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आठ दिनका लागि गएका अमेरिकी अन्तरिक्षयात्री दुई महिनादेखि अलपत्र

काठमाडौँ – आठ दिनका लागि गएका अमेरिकी अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मर विगत २ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसमा अलपत्र परिरहेका छन्।

उनीलाई अन्तरिक्षबाट पृथ्वीमा फिर्ता ल्याउन नासाले धेरै नयाँ विकल्पहरू विचार गरिरहेको बताइएको छ ।

उनीहरुलाई नासाको अन्तरिक्ष यानले जुन ६ मा आईएसएस पुर्याएको थियो। यो अन्तरिक्ष यान करिब एक हप्तामा पृथ्वीमा फर्किने भनिएको थियो तर प्राविधिक समस्याका कारण बोइङ स्टारलाइनर फर्किन सकेन।

हाल नासाले इलन मस्कको स्पेसएक्ससँग बोइङ स्टारलाइनरमा आएको समस्या समाधान गर्न वार्ता गरिरहेको बुझिएको छ ।

यसो हुन सकेको खण्डमा अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्रीलाई अर्को वर्ष अर्थात् २०२५ सम्ममा त्यही अन्तरिक्ष यानबाट फिर्ता ल्याउन सकिने आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?