विश्वमा कैयौँ यस्ता सहर छन्, जहाँ आआफ्नै रीतिरिवाज, परम्परा र चलनले ती स्थान चर्चित छन् । यस्तै स्थान मध्ये एक हो, सिक्रेट न्युडिष्ट भिलेज ।
बेलायतमा रहेको सिक्रेट भिलेजमा पत्याउन नसकिने रहनसहनको चलन छ । यस गाउँमा मानिसहरूमा कपडा नलाउने परम्परा रहेको छ ।
उनीहरू गरिब भएर वा कपडा नभएर नलगाएका होइनन् बर्षौदेखिको परम्पराको निरन्तरता अनुसार उनीहरू कपडा लगाउँदैनन् ।
यस सिक्रेट गाउँका मानिसमा मूलभूत सुविधाको कमी छैन । तर परम्परा र मान्यता अनुसार यहाँका मानिस बिना कपडा बस्ने गर्दछन् । कतिसम्म भने यहाँका बालक वृद्ध मात्र नभई वयस्क र महिला समेत नागों बस्दछन् ।
बेलायतको यो गाउँ पुरानो गाउँ मध्ये एक हो, जहाँ राम्रा घरहरू मात्र नभई शानदार स्विमिङ पुल सुविधा समेत उपलब्ध छ ।
पछिल्लो ९० वर्षदेखि यस गाउँमा मानिसको बसोबास हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया