मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सफलता शुत्र : जित हासिल गर्नका लागि मेलमिलाप गराउने व्यक्ति बन्नुस्

यदि बोससित जुनियरको सम्बन्धमा कुनै गडबडी आयो भने तपाई जुनियरलाई सान्त्वना दिनुहोस्, खुसी तुल्याउनुहोस्, प्रोत्साहित गर्नुहोस् तथा प्रेरित गर्नुहोस् । बोससित अलग किसिमको व्यवहार गर्नुपर्दछ ।

सबैभन्दा राम्रो तरिका मौन तर मेलमिलापको काम हो— उसको लागि चिया बनाउनु, तर केही पनि नभन्नुहोस् । यसले तपाईँ के संकेत दिइरहनुभएको छ भने तपाईँलाई त्यो घटना मन परेन ।

यस प्रकारको मामिलामा तपाईँ ती भन्दा सिनियर साबित हुनुहुनेछ किनकि तपाईँ कहिल्यै पनि यस्तो गल्ती गर्नुहुन्न । तपाईँ यो संकेत पनि दिइरहनुभएको छ कि तपाईँ उसको कुनै पनि क्रियाकलापले डराउनुहुन्न । तर शान्त रहनुहोस् ।

यदि तपाईँ यसो ज्यादै राम्रो तरिकाले गर्नुहुन्छ भने उसले तपाईँलाई के सोध्न मजबुर हुन्छ भने उसको कसैलाई अनुशासित गर्ने व्यवहार कस्तो लाग्यो । बस भन्नुहोस्— म यसो कसरी भन्न सक्छु ? यसमा उसको जवाफ यस प्रकारको हुन्छ, म तिम्रो रायलाई महत्त्व दिन्छु, या दिँदिनँ, म जान्न चाहन्छु वा ठिक बताऊ कि तिमी के सोच्छौँ ? बोसले के भन्छ भन्ने कुराले केही फरक पर्दैन । तपाईँले उसलाई फसाइरहनुभएको छ ।

अब तपाईँ मेलमिलाप गराउने व्यक्ति बन्न सक्नुहुन्छ । मेलमिलाप गराउनेको अर्थ केही हदसम्म बच्चाको लडाइँ समाप्त गराउनुजस्तै हो । तपाईँ लडाइँ कसले शुरु गर्‍यो तथा यो के बारेमा हो भन्ने जान्न चाहनुहुन्न ।

तपाईँ विस्तृत विवरण जान्न चाहनुहुन्न कि कसले कोसित कसरी लडाइँ गर्‍यो ? तपाईँ केवल झगडा समाप्त भएको, शान्ति स्थापित भएको उसले हात मिलाएको तथा पुनः साथी भएको हेर्न चाहनुहुन्छ ।

अफिसमा पनि तपाईँ यति चाहनुहुन्छ । तपाईँ साना केटाकेटीसँग जुन तरिकाको प्रयोग गर्नुपर्छ, अफिसमा पनि त्यसको प्रयोग गर्नुहोस् ।

साभार  : तपाईँको जीतपुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?