मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दीपेन्द्रले निर्देशन गर्ने फिल्म ‘घर नम्बर २’ को छायांकन शुरु

काठमाडौँ– फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन आजबाट शुरु गरिएको छ । फिल्मको छायांकन गोदाबरीबाट थालिएको निर्माण पक्षले जनाएको छ ।

३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन शुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।

भोलि शनिवारबाट फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभ साइत गरियो । शुभसाइत समारोहमा फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए ।

फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ ।

सामाजिक विषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा वुद्दिसागरको लेखन छ ।

फिल्म ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण गरिदैछ ।

फिल्मको काठमाडौँमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ । फिल्मलाई यसै बर्ष रिलिज गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?