मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टमाटरको सेवन नछुटाउनुहोस्, बचाउँछ यस्ता रोगहरूबाट

टमाटरको प्रयोग हामी तरकारी,अचार बनाउन लगायतमा प्रयोग गर्छौ । यो निकै स्वस्थवर्धक खानेकुरा हो । यसको तरकारी र अचारमा प्रयोग बाहेक अन्य विभिन्न फाइदाहरू पनि रहेका छन् । धेरै मानिसहरूलाई यसबाट प्राप्त हुने अन्य फाइदाहरूको बारेमा थाहा नहुन सक्छ । 

यस्ता छन् टमाटर सेवनका फाइदाहरू

पानीको कमीबाट बचाउँछ

टमाटरमा धेरै मात्रामा पानी पाइन्छ । त्यसैले यसलाई खानाले डिहाइड्रेशनको हुँदैन । जसका कारण स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । त्यसैले मनसुन र गर्मीमा विशेष गरी टमाटरलाई डाइटमा समावेश गर्नुपर्छ ।

क्यान्सरबाट बचाउँछ

टमाटरमा लाइकोपेन नामक एन्टी अक्सिडेन्ट पाइन्छ, जसले अक्सिडेटिभ स्ट्रेसलाई कम गर्छ । जसले गर्दा धेरै प्रकारका क्यान्सरबाट बच्न मद्दत गर्छ । अक्सिडेटिभ स्ट्रेस बढ्नाले शरीर सुन्निन सक्छ । जसका कारण शरीरको कोष ड्यामेज हुन्छ र धेरै प्रकारका क्यान्सरको जोखिम बढ्छ । टमाटर खानाले यसबाट बच्न सकिन्छ ।

हृदय रोगबाट बचाउँछ

टमाटरमा रहेको लाइकोपेनले कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । साथै, यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ । यी दुवै हृदय रोगका जोखिम कारकहरू हुन् । त्यसैले यिनलाई नियन्त्रण गरेर, टमाटरले हृदयको रक्षा गर्छ र हृदय रोगहरूको जोखिम कम गर्छ ।

तौल कम गर्न मद्दत गर्छ

टमाटरमा फाइबर र पानी राम्रो मात्रामा पाइन्छ । जसका कारण छिटो पेट भरिन्छ र ओभर इटिङ गरिँदैन । साथै, यसमा क्यालोरी पनि कम हुन्छ । यी कारणहरूले गर्दा यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

छालाका लागि फाइदाजनक

टमाटरबाट प्राप्त हुने लाइकोपेन छालाका लागि धेरै फाइदाजनक हुन्छ । यसले कोलाजेन बनाउन मद्दत गर्छ, जसले गर्दा छालाको उमेर ढिलो हुन्छ र चाउरीपन कम देखिन्छ । साथै, यसले प्रदूषण र सूर्यको यूवी किरणहरूबाट हुने ड्यामेजलाई पनि कम गर्न मद्दत गर्छ ।

पाचन राम्रो राख्छ

टमाटरमा फाइबर पाइन्छ, जसले आन्द्रामा खानालाई पास गर्न मद्दत गर्छ । यसले कब्जियतको समस्या हटाउँछ र खाना सजिलै पचाउँछ ।

शरीरलाई बलियो बनाउँछ

टमाटरमा भिटामिन र क्याल्सियम पाइन्छ, जसले हड्डीको तन्तुहरूलाई स्वस्थ राख्छ र तिनीहरूलाई बलियो बनाउँछ । टमाटर खाँदा ब्रेन हेमरेजको खतरा पनि कम हुन्छ । यसले शरीरलाई बलियो बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?