हामीमध्ये कतिपयको बानी खानामा नुन ट्वाक्कै राखेर खाने बानी हुन्छ । यसकारण कतिपयले पाकिसकेको दाल,तरकारीमा पनि नुन थपेर खाने गर्नुहुन्छ ।
खानासँगै अन्य खानेकुराहरू जस्तै पोलेको मकै, गाजर–काँक्रो, प्याज गोलभेँडाको सलाद लगायतमा पनि नुन राखेर खाने गर्छौ ।
हामी चर्को नुन भएको खानेकुरा खान सक्छौ तर अलिनो अर्थात् नुन अलिकति पनि कम भएको तरकारी खान सक्दैनौ र नुन थपेर खाने गर्छौ । तर यस्तो बानी स्वास्थ्यका हिसाबले निकै हानिकारक हुनसक्ने चिकित्सकहरू बताउँछन् ।
तपाई पनि तरकारीमा नुन थपेर खानुहुन्छ भने यस्ता कुराहरू थाहा पाउनुहोस्
जो व्यक्ति आफ्नो खानामा नियमित रूपमा नुन थपेर खाने गर्नुहुन्छ भने उनीहरूमा मृत्युको खतरा अन्य व्यक्तिको तुलनामा २८ प्रतिशत बढी हुने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ ।
नुनमा सोडियम र पोटासियम दुवै हुन्छ । सोडियमले मानिसको शरीरमा पानीको सन्तुलित स्तर बनाउनुका साथै अक्सिजन र अन्य पोषक तत्त्व सबै अङ्गसम्म पुर्याउन मद्दत गर्छ । यसकारण हाम्रो नसामा ऊर्जा आउँछ ।
एक व्यक्तिले सामान्यतया ५ ग्राम नुन मात्रै खानुपर्छ । सामान्य भाषामा भन्नुपर्दा तपाईँको हरेक खानामा एउटा सानो चम्चा नुन मात्रै हुनुपर्छ ।
खानामा नुन थपेर खाँदा निम्तिन सक्छ यस्तो समस्या
खाना माथि नुन राखेर खानु खतरनाक हो । यसका कारण मुटु र मिर्गौला सम्बन्धी समस्या हुनसक्छ । सर्कुलेटरी सिस्टम अर्थात् (सञ्चार प्रणाली) र नर्भस सिस्टम मा पनि क्षति पुग्न सक्छ ।
खानामा नुन थपेर खाने लत नै लाग्छ । यस्ता बानीले केही समय पछि तपाईँ नुन नथपी खानै सक्नुहुन्न । जब नुन खानासँगै पाक्छ तब यसको आइरनको स्ट्रक्चर फेरिन्छ र तपाईँको शरीरलाई यसलाई छिटै सोस्ने गर्छ ।
पछि थपेको नुनको स्ट्रक्चर फेरिएको हुँदैन त्यसैले यो निकै कम मात्रै अब्जर्ब हुन पाउँछ । त्यसैकारण काँचो नुन हाइपरटेन्सन र उच्च रक्तचापको कारण बन्ने गर्छ । यसकारण खानामा नुन थपेर खाने बानी हटाउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया