मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशरथ रङ्गशालाले पायो अन्तर्राष्ट्रिय मान्यता 

काठमाडौँ – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । 

एसियाली फुटबल महासङ्घ (एएफसी)ले सो रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो । विभिन्न प्रश्न उठाउँदै एएफसीले  केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार  एन्फाले दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिपोट प्राप्त भएको जानकारी राखेपलाई गराएको हो । 

एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गएको चैतदेखि राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण शुरु गरेको थियो ।

अन्तर्राष्ट्रिय मान्यता पाएसँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनौटको प्लेअप अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाईटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?