मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेरिस ओलम्पिक : सय पदक कटाएको अमेरिका शीर्ष स्थानमा

काठमाडौँ – पेरिस ओलम्पिकमा सय भन्दा बढी पदकसहित अमेरिका शीर्ष स्थानमा कायम रहेको छ। 

चीनसँग प्रतिस्पर्धा गरिरहेको अमेरिकाले बिहीबार रातीसम्ममा ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित कुल १०३ पदक जितेको हो।

दोस्रो स्थानको चीनले भने ७३ पदक पाएको छ। स्वर्ण पदक भने अमेरिकाभन्दा एक पदक मात्र कम जितेको चीन  चर्को प्रतिस्पर्धामा देखिन्छ। चीनले २९ स्वर्ण पदक जितेको हो। चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित ७३ पदक पाएको हो।

त्यस्तै तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्यसहित ४५ पदक जितेको छ भने फ्रान्सले १४ स्वर्ण १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ। युके, दक्षिण कोरिया र जापानले समान १३–१३ स्वर्ण जितेका छन्।

युकेले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक पाएको छ। दक्षिण कोरियाले १३ स्वर्ण, ८ रजत र ७ कास्यसहित २८ पदक पाउँदा जापानले १३ स्वर्ण ७ रजत र १३ कास्य गरेर ३३ पदक पाएको छ। नेदरल्यान्ड्स ११ स्वर्ण पदक पाउँदा इटालीले १० स्वर्ण पाएको छ।

ओलम्पिकमा सहभागी दुई सय भन्दा बढी देशका खेलाडीहरू विभिन्न ३२ वटा विधाका खेलमा कुल ३२९ वटा पदकका लागि प्रतिस्पर्धा गरिराखेका छन्। अहिलेसम्म ८० देशले मात्र पदक जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?