काठमाडौँ – दर्शकलाई सुन उपहार दिने घोषणा गरेको फिल्म ‘नम्बरी सुन’ आजबाट प्रदर्शनमा आएको छ ।
लामो समयदेखि प्रचार–प्रसारमा व्यस्त भएको यो फिल्मले यसअघि सार्वजनिक ट्रेलर तथा गीतहरूका कारण दर्शकको ध्यान आकर्षित गरिसकेको छ ।
सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको यो फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ ।
अभिनेता पहारीले आर्थिक रूपमा कमजोर भएका युवाको भूमिका निर्वाह गरेका छन् भने अभिनेत्री सापकोटाले ग्रामीण युवतीसँगै अभिनेता पहारीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेका छन् ।
यसअघि नै यो फिल्मको निर्माण संस्थाले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया