– एक जना मानिसले बाँचुन्जेलसम्म औसत रुपमा करिब ५० टनजति खाद्यान्न आइसक्ने गर्छ ।
– लेख्नका लागि सबैभन्दा पहिला मसी प्रयोग गर्नेहरु प्राचीन मिश्रबासीहरु नै थिए ।
– यदि दक्षिणी ध्रुवमा अवस्थित अन्टार्कटिका महादेशमा रहेका सबै हिमशिला पग्लने हो भने पृथ्वीको सबै भूमि पानीले ढाक्छ ।
– ९०% धान एसिया महादेशमै उत्पादन हुने गर्छ ।
– एउटा रानी धमिराले अण्डा पार्ने समयमा १ सेकेन्ड बराबर एउटा अण्डा पार्छे र वर्षभरिमा ४४ करोड अण्डा पार्छे । उसले १४ वर्षसम्म अण्डा पार्ने गर्छे ।
– यदि तपाईं १०० किलो तौलको हुनुहुन्छ भने तपाईको हाडको तौल १४ किलो हुन जान्छ ।
– संसारभर चेनको यति धेरै प्रयोग भएको छ कि ती सबैलाई मिलाएर जोड्ने हो भने त्यसले चन्द्रमालाई छोएर फेरि पृथ्वीसम्म आइपुग्न सक्छ ।
साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया