मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रातो मासु खाँदा होसियार हुनुहोस्, एम्नेसिया हुन सक्छ

काठमाडौँ – रातो मासु खाँदा हृदयाघात, उच्च रक्तचाप, कोरोनरी आर्टरी डिजिज र स्ट्रोक जस्ता खतरनाक रोग पनि लाग्न सक्ने एक अध्ययनले जनाएकाे छ। यसले रगतको नसालाई पनि क्षति पुर्याउने र शरीरका धेरै भागमा सुन्निने अध्ययनले जनाएकाे छ।

अध्ययनका अनुसार अब रातो मासु खानेहरूले होसियार हुनुपर्छ। प्रशोधित रातो मासुबाट बनेको बर्गर, पिज्जा वा स्यान्डविच खानु खतरनाक हुन्छ। हालै एक अनुसन्धानमा चकित पार्ने खुलासा भएको छ ।

अल्जाइमर्स एसोसिएसन इन्टरनेशनल कन्फरेन्सको यस अनुसन्धानमा रातो मासु खाँदा एम्नेसिया (डिमेन्सिया) हुनसक्ने बताइएको छ, जसले बढी प्रशोधित रातो मासु खानेहरूमा डिमेन्सियाको जोखिम धेरै हुन्छ ।

रातो मासु खाँदा डिमेन्सिया किन हुन्छ ?

विज्ञहरूका अनुसार प्रशोधित रातो मासु र डिमेन्सियाबीच सम्बन्ध हुन सक्छ। ससेज र बेकन जस्ता चिजहरूमा बोसो र कोलेस्ट्रोलको मात्रा बढी हुन्छ र यदि धेरै खाँदा धमनीहरूमा कोलेस्ट्रोल प्लाक जम्मा हुने खतरा हुन्छ।

यसले धमनीहरू साँघुरो हुन सक्छ अर्थात् एथेरोस्क्लेरोसिस र मस्तिष्कमा रगत आपूर्ति प्रभावित हुन सक्छ। यसका कारण मस्तिष्कका कोषहरूलाई अक्सिजन र पर्याप्त पोषण प्राप्त हुँदैन, जसले डिमेन्सियाको जोखिम बढाउँछ।

रातो मासु खाँदा डिमेन्सियाको जोखिम कति हुन्छ ?

यस अनुसन्धानमा १३०,००० भन्दा बढी मानिसहरूलाई समावेश गरिएको थियो। जसमा दैनिक प्रशोधित मासु खानेहरूमा डिमेन्सियाको जोखिम १४ प्रतिशत बढी रहेको पाइएको थियो । त्यसैगरी दैनिक नट खानेमा यो रोगको जोखिम २० प्रतिशतले घटेको पाइएको छ ।

रातो मासुका कारण यस्ता खतरनाक रोग लाग्ने खतरा !

रातो मासु खाँदा हृदयाघात, उच्च रक्तचाप, कोरोनरी आर्टरी डिजिज र स्ट्रोक जस्ता खतरनाक रोग पनि लाग्न सक्छ। यसले रगतको नसालाई पनि क्षति पु¥याउन सक्छ र शरीरका धेरै भागमा सुन्निने गर्छ । रगतको नसाको दीर्घकालीन सूजन र डिमेन्सिया हुन सक्छ।

विज्ञहरूका अनुसार मासुलाई ग्रिल गर्ने, फ्राइ गर्ने वा ब्रोइङ गर्ने जस्ता विधिहरू प्रयोग गरेर पकाउँदा हेटेरोसाइक्लिक एमाइन्स (HCAs) र polycyclic aromatic हाइड्रोकार्बन (PAHs) जस्ता खतरनाक रसायनहरू बन्न थाल्छन्, जसले मस्तिष्कमा अक्सिडेटिभ तनाव र सूजन निम्त्याउन सक्छ। जसका कारण कोशिकाहरु बिग्रन्छ र मस्तिष्क छिट्टै बुढो हुन थाल्छ । जसका कारण अल्जाइमर र डिमेन्सिया जस्ता न्यूरोडिजेनेरेटिभ रोगको जोखिम बढ्न सक्छ।

डिमेन्सियाबाट कसरी बच्ने

यो अनुसन्धानले प्रशोधित रातो मासुको सट्टा दैनिक बदाम र फलफूल खाँदा डिमेन्सियाको जोखिम कम हुने बताएको छ । यी दुबैमा महत्त्वपूर्ण पोषक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मस्तिष्कको स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?