काठमाडौँ– बालबालिकाको गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को लागि डिजिटल अडिसन खुल्ला गरेको छ । नोबडी प्रोडक्सन प्रालिले युट्युब च्यानल ‘डोको’ मा एब भिडिओ सार्वजनिक गर्दै डिजिटल अडिसन खुल्ला गरेको हो ।
डिजिलटल अडिसन खुल्ला गरेसँगै कार्यक्रम चाँडै नै प्रदर्शनीमासमेत आउने भएको छ । यो कार्यक्रमको दोस्रो सिजन हो । प्रस्तुतकर्ताले विश्वभरको लागि डिजिटल अडिसन सुरु गरेको हो ।
१५ वर्षभन्दा मुनीका बालबालिकाले आफ्नो नाम, उमेर, ठेगाना खुलाई कार्यक्रममा सहभागी हुनका लागि भिडिओ पठाउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया