मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उमामहेश्वरको मौलिक स्वरुप बिगारेको भन्दै सम्पदा अभियन्ता र कलाकारको आपत्ति

काठमाडौँ– हनुमान ढोकास्थित नवयोगिनी मन्दिरको झ्यालमा रहेको उमामहेश्वरको मौलिक स्वरुप बिगारेको भन्दै सम्पदा अभियन्ता र कलाकारहरुले आपत्ति जनाएका छन् ।

शिव पार्वतीसमेत भनिने काष्ठकलामा झ्यालमा बसेर जात्रा र तथा पर्वहरु अवलोकन गरिरहेको जस्तो देखिन्छ । वि.सं. २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त हनुमानढोका दरवार क्षेत्र पुनर्निर्माणको क्रममा नवयोगिनी मन्दिरको रहेको उक्त काष्ठकलाको स्वरुप, रङ र आकारमा समेत परिवर्तन गरिएको देखिन्छ ।

उमामहेश्वरको पुरानो मौलिक स्वरुप र हाल तयार गरिएको अनुहारको आकृति र भावभङ्गी समेत परिवर्तित छ । हनुमान ढोका हेरचाह अड्डा र पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण कार्य भइरहेको छ ।

पुरातत्व तथा सांस्कृतिक रुपमा समेत महत्वपूर्ण सम्पदालाई मनलाग्दी रुपमा परिवर्तन गर्न नपाइने सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधारले बताए । उनले भने, ‘फोटोमा पनि पहिला र अहिलेको तुलना गर्दा रङमै एकदमै फरक छ । यसमा पुरै कृत्रिक इनामेल नै दलेको जस्तो देखिन्छ । स्वरुप पनि चेन्ज नै देखिन्छ ।’

यसलाई विस्तृतमा बुझेर यसलाई कुन रुपमा लिने भन्ने कुरा छलफलका आधारमा अगाडि बढाइने उनले सुनाए । नयाँ स्वरुपको कलाकृतिबारे अर्का सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, परम्परागत पौभा कलाकार लोक चित्रकार, राजप्रकाश तुलाधर लगायतले टिप्पणी गरेका छन् ।

सम्पदा क्षेत्रमा ठेकेदारी प्रवृत्तिले नै यस्तो अवस्था सिर्जना भएको पौभा कलाकार चित्रकारको ठहर छ । उनले भने, ‘यसमा संस्कृति र सम्पदा विषयमा पोख्त कलाकार हुनुपथ्र्यो । ठेक्कापट्टामा काम जसले गरेपनि कमसेकम जानेको मान्छेलाई सोधेको भएपनि हुन्थ्यो ।’

यस्तो प्रवृत्तिले सम्पदा र संस्कृतिको धरोहर नै नष्ट हुने चिन्ता उनले व्यक्त गरे । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नयाँ भर्खरै लगाएको रङका कारण केही परिवर्तन भएको जस्तो देखिएको बताइन् । रङकै कारण आँखा र स्वरुपमा परिवर्तन देखिएको हो कि भन्ने उनको अनुमान छ ।

कला निर्माणको प्रक्रियामा भने बागमती प्रदेश सरकारको जिम्मामा रहेकोले यसबारे थप तथ्य बुझेर पत्रचारको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । यद्यपि सम्पदा कला निर्माणमा भने परम्परागत कलाकारहरुले नै काम गरिरहेको उनले दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?