मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

रजनीकान्तको जीवन सङ्घर्ष : बसको सहचालकदेखि सुपरस्टारसम्मको यात्रा

काठमाडौँ– मानिसको जीवन कहाँबाट कहाँ पुग्छ भन्ने निक्य्राैल   कहिले कसैले पनि गर्न सक्दैनन् । जसको एक उदाहरण हुन् बलिउडका सुपरस्टार अभिनेता ‘रजनीकान्त’ । 

जो एक सामान्य मजदुरबाट अरबौँ सम्पत्तिको मालिक बन्न सफल समेत भए । 

उनको जन्म १९५० डिसेम्बर १२ मा भारतको एक मराठी परिवारमा भएको हो । सामान्य परिवारमा जन्मिएका कान्तको वास्तविक नाम शिवाजी राय गायकवाड हो । उनी परिवारको कान्छो सन्तानको रूपमा जन्मिएका थिए । कान्छो सन्तानको रूपमा जन्मिए पनि उनको पारिवारिक दायित्व निकै थियो । चार वर्षको उमेरमा आमा गुमाएका कान्तको जीवनयापन सोचे जस्तो थिएन । उनले बैंगलोरमा आफ्नो स्कूले शिक्षा पूरा गरे । 

आर्थिक अभावमा गुज्रिएका कान्तले आफूसँगै परिवारको पेट पाल्नको लागि हरेक कामको अनुभव लिन भ्याए । 

उनले पेट पाल्नको लागि कुल्लीसँगै बस सहचालकको काम पनि गरे । बताइएका अनुसार उनी बसमा टिकट बुकिङको काम गर्थे । तर उनको कार्यशैली फरक थियो । 

अर्थात् उनी फरक तरिकाले टिकट बुकिङ गर्थे । जुन स्टाइल निकै नै लोकप्रिय समेत थियो । सोही टिकट बुकिङ गर्ने स्टाइलबाट उनलाई फिल्मको लागि अवसर आएको थियो । 

कान्तलाई सानै उमेरदेखि अभिनयका रुचि थियो । तर आर्थिक अभावका कारण उनी विभिन्न काममा रुमलिएका थिए । तर सहचालक हुँदा फरक तरिकाले टिकट काट्ने उनको शैलीलाई देखेर साथी राज बहादुरले अभिनेता बन्नको लागि सहयोग गरेका थिए । उनलाई साथीले मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना हुनको लागि प्रेरित गरेका थिए । उनले त्यहाँबाट अभिनयसँगै तमिल भाषा पनि सिके । 

यसैबीच कान्तको भेट निदेशक के बालचन्द्रसँग भयो । उनैले उनलाई फिल्म ‘अपूर्व रामनागल’ मा नकारात्मक भूमिकाको लागि अवसर दिएका थिए । यो उनको डेब्यू फिल्म थियो ।  त्यसपछि उनी केही वर्ष सोही भूमिकामा नै देखा परे । 

केही वर्ष खलनायकको अभिनय गरेका कान्तले फिल्म ‘भुवन ओरु केल्विकुरी’ मा नायकको भूमिका पाए । मुथुरमम र कान्तको जोडीलाई दर्शकले खुब रुचाइएका थिए । उनीहरुले करिब २५ वर्ष फिल्ममा सँगै काम गरेका छन्  । 

उनको बोल्ने शैली र संवादको तरिकाले नै दर्शकले रुचाइएका हुन् । उनले तमिल, तेलुगु, कन्नडमा विभिन्न भाषाका फिल्ममा अभिनय गरेका छन् । उनको सन् १९८८ मा ड्वाइट लिटिलद्वारा निर्देशित ‘तमारा’मा आफ्नो अभिनय क्षमता देखाए, जसमा उनले अङ्ग्रेजी बोल्ने भारतीय ट्याक्सी चालकको भूमिका निर्वाह गरेका थिए ।

डनको रिमेकबाट लेखिएको किस्मत

अभिनेता रजनी कान्तको बिल्ला बक्स अफिसमा सफल भएको फिल्म हो । जुन अमिताम बच्चनको सुपरस्टार फिल्म ‘डन’ रिमक हो । फिल्म डन सन् १९७८ मा रिलिज भएको थियो । उनले फिल्म ‘मुदरु मूगम’ बाट सरकारबाट सन् १९८२ बाट बेस्ट एक्टर अवार्ड जितेका थिए । 

फिल्म ‘बाशा’ बाट अभिनेता कान्त सुपरस्टार बनेका थिए । सो फिल्म सन् १९९५ मा रिलिज भएको थियो । यस फिल्मले बक्स अफिसमा रेकर्ड नै ब्रेक गरेको थियो । साथै उनले तमिल फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्‍याएका थिए । 

सन् २०१७ उनको फिल्म ‘चन्द्रमुखी,’ ‘तुर्की’  र जर्मनमा पनि रिलिज भएको थियो । साथै फिल्म ‘शिवजी’ पहिलो पटक साउथ अफ्रिका र युकेमा पनि रिलिज भएको थियो । जुन साउथ अफ्रिकामा टप पनि भएको थियो । 

१० वर्षमा  एक सय वटा फिल्म

उनले आफ्नो जीवनमा एक दशकमा एक सय वटा फिल्ममा अभिनय गरेका छन् । फिल्ममा आउनुभन्दा पहिला रजनी कान्तले कन्नड नाटकमा अभिनय गरेका थिए । उनले पहिलो पटक तामिल फिल्म ‘राजा चायना रोजा’ मा एनिमेसन गरेका थिए । 

सडक पतिबाट ५५ मिलियन डलरका मालिक

सन् २०२३ मा सुपरस्टारको कुल सम्पत्ति ५५ मिलियन डलर छ, जुन लगभग ४५७ करोड रुपैयाँ हो । उनको कुल सम्पत्तिमा उनको सबै चल र अचल सम्पत्ति समावेश छ, जसमा एक अभिनेताको रूपमा उनको तलब पनि समावेश छ । 

जबकि उनका साथी स्टार कमल हसन सम्पत्तिको मामिलामा उनीभन्दा धेरै पछाडि छन् र उनको कुल सम्पत्ति १५० करोड रुपैयाँ छ ।

साथै उनी अभिनय क्षेत्रमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि आवद्ध रहेका छन् । उनले भारतीय जनता पार्टी र डीएमकेलाई समर्थन गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?