ब्राह्मणहरूले प्याज नखानुका पछाडि वैज्ञानिक र धार्मिक कारणहरू छन् ।
आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीन वटा श्रेणीमा बाँडिएको छ । सात्त्विक, राजसिक र तामसिक । सात्त्विक भोजनले शान्ति, संयम, पवित्रता र मनमा शान्ति बनाइराख्छ भने राजसिक खाद्यपदार्थले मोह तथा खुसीको भाव दिन्छ ।
त्यस्तै तामसिक भोजनले क्रोध, अहङ्कार र विनाशजस्ता भाव पैदा गर्ने गरेको कुरा आयुर्वेदमा उल्लेख छ । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । प्याज र लसुनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । त्यसले कामोत्तेजना बढाउँछ ।
ब्राह्मणले पवित्रता राख्नु जरुरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्दछन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृति प्रदत्त भावनामध्ये सबभन्दा खराब भावना पैदा गर्दछन् ।
उत्तेजना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्मक प्रभाव पार्दछन् । काँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हानि पुर्याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब भनेका छन् ।
लसुन प्याजले स्वास्थ्य बढाउँदछन् र यी प्राकृतिक एन्टीबायोटिक हुन् भन्ने मान्यता पनि छ । तर, अध्यात्ममा लागेकाहरूले लसुन र प्याज त्याग्ने सल्लाह दिन्छन् किनभने यिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पार्दछन् ।
आयुर्वेदले पनि यौन शक्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका ब्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया