काठमाडौँ – आतंकवादी आक्रमणको डरले अमेरिकी पपस्टार टेलर स्वीफ्टको अष्ट्रियामा हुने कन्सर्ट स्थगित गरिएको छ ।
गायिका स्वीफ्टको बहुचर्चित इरास टुरअन्तर्गत अष्ट्रियाको अर्नेस्ट ह्यापेल स्टेडियममा बिहीबार, शुक्रबार र शनिबार कन्सर्ट आयोजना हुन गइरहेको थियो ।
तर सरकारी अधिकारीले अर्नेस्ट ह्यापल स्टेडियममा नियोजित आतंकवादी आक्रमणको पुष्टि गरेपछि सबै कार्यक्रम स्थगित गर्नु परेको आयोजकले विज्ञप्तिमा मार्फत जनाएको छ ।
यता बुधबार अस्ट्रियाको राजधानी भियन्ना वरपरका क्षेत्रमा ठूला कार्यक्रममा इस्लामिक आक्रमणको योजना बनाएको शंकामा ती दुई जना पक्राउ समेत परेका छन् । उनीहरू इन्टरनेटमार्फत कट्टरपन्थी गतिविधि फैलाउने कार्यमा सक्रिय रहेको बताइएको छ ।
अस्ट्रियाका चान्सलर कार्ल नेहामरले एक्स मार्फत विज्ञप्ति जारी गर्दै कन्सर्ट रद्द हुनु फ्यानका लागि निराशाजनक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया