मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – अहिले देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहेको देखिन्छ। 

कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

यसैको प्रभाव आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहने छ महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ । 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राती पनि देशभर साधरणतया बदली रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?