मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कर्कलो खानुका यति धेरै फाइदा

सामान्यतया गाउँघरमा पाइने पिँडालुको पातलाई कर्कलो भन्ने गरिन्छ । यसको तरकारी वर्षायामको समयमा खाने गरिन्छ । यो समय कर्कलो पलाउने समय पनि हो । भिटामिनले भरिएको कर्कलो, यसको फल र पात नै तरकारी बनाएर खाने गर्दछन्।

यसको नियमित सेवनले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । यो स्वास्थ्यका लागि एक अचुक औषधी पनि मानिन्छ । कर्कलोको तरकारी विभिन्न किसिमले बनाउने गरिन्छ । 

जस्तै रसदार झोल, सलाद तथा अन्य परिकार बनाएर खाने गरिएको छ । कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउने गुण पनि नष्ट भएर जान्छ । हामीले तरकारीको रूपमा खाइरहेको भए पनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति थाहा धेरैलाई थाहा नहुन सक्छ । 

यस्ता छन् कर्कलो खानुका फाइदाहरू

–कर्कलोमा प्रशस्त मात्रामा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्त्वहरू पाइन्छन् । जसले विभिन्न रोगसँग लड्ने क्षमता दिन्छ । 

–कर्कलोको पात र तरकारीले ब्लडप्रेशरलाई नियन्त्रण गर्दछ । यसले तनाव कम गर्दछ । पेट दुख्ने समस्या छ भने पनि कर्कलो खादा लाभदायक हुन्छ । 

–पिँडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ । यही कारण यो उच्च रक्तचाप भएका व्यक्तिहरूको लागि अति उत्तम हुन्छ । यसमा भएको फाइबर र कार्बोहाइड्रेटले तनावलाई पनि घटाउँछ जसले हृदयाघात हुनबाट बचाउँछ । कर्कलाको तरकारी खादा कम्तीमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ । उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कलो मिसाउँदा अति लाभदायी हुन्छ ।

–पिँडालुमा प्रचुर मात्रामा भिटामिन सी, ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सर जन्य तन्तुहरूलाई निकालेर फ्याँक्न मदत गर्छ र फेरि बढ्न दिँदैन ।

–पिँडालुमा पाइने फाइबर र पोटासियमले मधुमेहको रोगीमा सुगर लेबल –इन्सुलिनको मात्रालाई ब्यालेन्समा राखेर सुगर बढ्नबाट रोक्छ । 

–पिँडालुमा हुने कम्ती क्यालोरीका कारण यो बढी तौल भएका व्यक्तिहरूलाई लाभदायक हुन्छ । 

–पिँडालुमा हुने भिटामिन ए र सी छालाको अति आवश्यक तत्त्व हुन्। यी भिटामिनले छालाको तन्तुहरूलाई छिटो छिटो विकसित गर्छ र छालाको आवरणलाई बचाइराख्न मदत गर्छ ।

–बच्चाको दूध कम आएमा आमाले नियमित रूपमा कर्कलाको सेवन गर्दा आमाको दूध आउँछ । यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेसियम लगायतका पोषक तत्त्वहरू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?