मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नापीका सर्भेक्षक, खरिदारसहित तीन जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक संजिव कुमार यादव र आर.बि लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले सर्भेक्षक यादव र लेखापढी सेन्टरका संचालक भुजेललाई सेवाग्राहीबाट चार लाख घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय ललितपुरका सर्भेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी सेन्टरका संचालक भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाविक गर्न गराउनको चार लाख घुस लिइएको देखिएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?