मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुसाएको मेथीको सेवन गर्दा मिल्छ यस्तो स्वास्थ्य लाभ  

मेथीको प्रयोग विशेष गरी हामी तरकारी, अचारहरूमा गर्ने गर्छौ । मेथीको साग पनि खाने गरिन्छ । र अर्को भनेको हामी मेथीको पेस्ट बनाएर हामी कपालमा पनि लगाउने गर्छौ ।

मेथीको पेस्ट कपालमा लगाइसकेपछि कपाल सिल्की र बाक्लो पनि हुन्छ । शरीरको लागि पनि मेथी धेरै फाइदाजनक छ । मेथीको दानाले जोर्नी दुख्ने, ढाड दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ ।

यसबाहेक मेथीको दानाको पानी मोटोपना घटाउन पनि फाइदाजनक हुन्छ । मेथीको दानाको पानी पिउनाले कपाललाई पनि स्वस्थ र बलियो बनाउँछ । ग्यास र एसिडिटीको समस्याबाट पनि राहत दिन्छ । तर, कतिपयले मेथीको दानालाई टुसाएर पनी खाने गर्छन् ।

यस्ता छन् टुसासहितको मेथी सेवन गर्नुका फाइदाहरू 

–टुसाएको मेथीको दानामा ३०–४० प्रतिशत बढी पोषक तत्त्व पाइन्छ । मेथीको दानाले पाचन सुधार गर्न मद्दत गर्छ । मेथीमा फाइबरको मात्रा बढी हुन्छ । यसले पाचन क्रियामा सुधार हुन्छ ।

–टुसाएको मेथीको दानाले पेटको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ । यो भिटामिन बी, भिटामिन सी र भिटामिन ई र भिटामिन ए को राम्रो स्रोत हो । यसबाहेक मेथीमा आइरन र क्याल्सियम जस्ता खनिजहरू पनि पाइन्छ । यी सबै पोषक तत्त्वहरू समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

–मेथीको दाना मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ भन्ने धेरै अध्ययनले देखाएको छ । सुन्निएको शरीरलाई कम गर्न सकिन्छ । यसले तौल घटाउन पनि मद्दत गर्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

–महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐँठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

–हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण विकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ । यस्तै टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमी हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?