मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

काठमाडौँ – कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ ।

इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन् । अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ ।

बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ ।

इरान र उसका सहयोगीहरूले इस्माइल हानियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ ।

इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन् भने इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?