मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ज्योतिषशास्त्र भन्छ ‘जुत्ता लगाउन नजान्दा पनि बिग्रिन्छ भाग्य’

ज्योतिषशास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् ।  हाम्रा जुत्ता पनि जीवनको सकारात्मक वा नकारात्मक पक्षसँग जोडिन्छन् ।

ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनि ग्रहसँग हुन्छ । यसकारण यो पनि मान्यता छ कि जसलाई शनिको दशा लागेको हुन्छ उनीहरूले जुत्ता दान गर्नु पर्ने हुन्छ ।

जुत्ता कसरी राख्ने ?

वास्तु शास्त्रका अनुसार तपाईँले आफ्नो घरमा जुत्ता तथा जुत्ता राख्ने र्‍याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन । यस्तो यसकारण कि यही दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्छ । यस्तो अवस्थामा तपाईँको जुताले घरमा प्रवेश गर्ने सकारात्मक ऊर्जामा बाधा पुर्‍याउन सक्छ ।

यस्ता जुत्ता नलगाउनोस्

शास्त्रीय मान्यता छ कि कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईँको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत करियरका लागि पनि उपहारमा मिलेका जुत्ता लगाउनु राम्रो मानिँदैन ।

कसले कस्तो जुत्ता लगाउने ?

यदि तपाईँ बैङ्किङ या शिक्षा क्षेत्रमा काम गर्नु हुन्छ भने तपाईँले खैरो र गाढा पहेँलो रङ्गको जुत्ता लगाउनु राम्रो हुँदैन । यसले तपाईँको आम्दानीमा नराम्रो असर पर्न सक्छ । यो क्षेत्रका काम गर्ने व्यक्तिले निलो रङ्गका जुत्ता लगाउन सक्नुहुन्छ । यसले तपाईँको व्यक्तित्व र करियरमा राम्रो प्रभाव पर्नेछ ।

यदि तपाई चिकित्सा (मेडिकल) र फलामसँग जोडिएको क्षेत्रमा काम गर्नुहुन्छ भने सेतो रङ्गका जुत्ता कहिल्यै नलगाउनुहोस् । यसले आर्थिक क्षति हुन्छ । यो क्षेत्रमा काम गर्ने व्यक्तिले कालो रङ्गको जुत्ता लगाउँदा धेरै राम्रो हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?