मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माधव नेपाल समेटेर ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ – माधव कुमार नेपाललाई समेटेर फिल्म  ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। 

पोस्टरमा नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरू अटाएका छन् । सत्य घटनामा आधारित यो फिल्मको पहिलो पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेटिएको थियो । 

भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको फिल्ममा  ‘नमेटिने घाउ’अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण छ । 

एसिड सर्भाइभरहरुको वास्तविक कथा भन्ने यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको निर्माण पक्षले जनाएको छ । 

फिल्मको कथा शिवं अधिकारीले लेखेको हुन भने नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाहलगायतको अभिनय रहेको छ । 

यसका अलवा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?