बलिउडका पुराना अभिनेता सञ्जीव कुमार एक मात्र यस्ता कलाकार हुन्, जसले हिन्दी फिल्ममा पहिलो पटक ९ वटा रोल निभाएका थिए ।
सञ्जीवले फिल्ममा लगातार आफ्नो भूमिका बदलिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिरहे । ४८ वर्षको उमेरमा सञ्जीव कुमारको निधन भयो ।
हिन्दी फिल्म लव एण्ड गड यस्तो फिल्म बन्यो जहाँ गुरूदत्तलाई पहिले फिल्ममा लिइयो । तर, उनको छायाँकनकै क्रममा नै निधन भयो ।
सोहि फिल्ममा सञ्जीव कुमारमा लिइयो तर फिल्म रिलीजअघि निर्देशकको मृत्यु भयो । अनि रिलिजपछि सञ्जीव कुमारको पनि मृत्यु भयो । एउटा चलचित्र छायाँकनदेखि रिलिजपछिसम्म तीन कलाकारको मृत्यु भएको लव एण्ड गडले अन्ततः गिनीज बुक अफ रेकर्डसमेत बनायो ।
सन् १९६३ मा शुटिङ शुरु भएको उक्त फिल्म २३ वर्षपछि निर्माण सकियो । सन् १९८६ मा रिलीज भएको यो फिल्मका अर्का हिरो सञ्जीव कुमारको पनि एक वर्षपछि नै अर्थात् १९८५ मा मृत्यु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया