काठमाडौँ – शहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ ।
मंगलबार निर्देशकमा मुनाल शिशिर कोइरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो ।
योङ माइन्ड इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छन् ।
मेघा सिरिजको रुपमा निर्माण हुने ‘जस्त लभ’मा कथ, पटकथा,संवाद र गीत समेत कोइरालाकै रहनेछ ।
सिरिजमा बालदिप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रिती सिवाकोटी, विनिता दाहाल लगायतका कलाकारको अभिनय रहने छ । केही कलाकार छनौटको क्रममा छन् ।
शहर केन्द्रित कलेज प्रेमकथामा निर्माण हुने सिरिज साउन २८ गतेबाट छायाङ्कन हुनेछ । सिरिज छिट्टै दर्शकले हेर्न पाउने निर्देशक कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया