काठमाडौँ – बङ्गलादेशका पूर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बङ्गलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ ।
उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरूले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।
यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो ।
त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ ।
त्यस्तै पूर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बङ्गलादेश छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कैयौँ मन्त्री, सांसद र हसिनाका नजिकका राजनीतिक नेता कार्यकर्ताले बङ्गलादेश छोडेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया