काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आजदेखि शुरु हुँदै छ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
आज पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ।
बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी छन्। परीक्षाका लागि देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ। परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ। पूरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन्।
यसवर्ष माध्यमिक शिक्षा परीक्षाको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए। नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार जना भए पनि दुई लाख १० हजारले मात्रै फारम भरेका छन्। यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया