मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेटको बोसो घटाउन खानुहोस् यस्ता तरकारी

पछिल्लो पुस्ताको मुख्य शारीरिक समस्या भनेकै पेट लाग्नु हो । भर्खरका जवान व्यक्तिहरूमा पनि पेट लाग्ने समस्या बढ्दो छ । यही पेट घटाउनका निमित्त अधिकांश युवाहरू जिम जाने गर्छन् ।

आजभोलिको व्यस्त जीवनशैलीमा अस्वस्थकर र मसलादार खानेकुरा खाने र मुख्यगरी लामो समय एकै ठाउँमा बसेर काम गर्दा मानिसहरू बढ्दो तौलको सिकार भइरहेका छन् । साथै, शारीरिक क्रियाकलापको कमीका कारण पेटको बोसो लाग्ने गर्छ ।

त्यसैले मानिसहरू आफ्नो वजन नियन्त्रण गर्ने धेरै प्रयास गरिरहेका हुन्छन् र पनि व्यस्त समय तालिकाका कारण मानिसहरू उचित कसरत गर्न सक्दैनन्, जसका कारण पेटको बोसो बढिरहेको हुन्छ ।

यस्तो अवस्थामा पेटको बोसो घटाउनको लागि तपाईँ डाइटिङदेखि जिम जानुहुन्छ, जसमा धेरै समय खेर जान्छ । तर, के तपाईँलाई थाहा छ ? दैनिक आहारमा केही तरकारीहरू समावेश गरेर आफ्नो पेटको बोसो घटाउन सकिन्छ ।

आउनुहोस् जानौँ, पेटको बासो घटाउन सहायक तरकारीका विषयमा 

तिते करेला

करेला स्वादमा तितो भए पनि पेटको बोसो घटाउन निकै प्रभावकारी हुन्छ । यसले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गरेर रगतमा चिनीको मात्रालाई कायम राख्छ, जसले तौल घटाउन मद्दत गर्छ ।

सिमी

सिमीमा फाइबर पाइन्छ, जसले पेटको बोसो जम्मा हुनबाट रोक्छ । यसका साथै यसले रगतमा चिनीको मात्रालाई पनि कायम राख्न मद्दत गर्छ । त्यसैले, आफ्नो दैनिक आहारमा सिमी समावेश गर्नुहोस् ।

कुरिलो

कुरिलो जिङ्क, आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम र कपर जस्ता धेरै पोषक तत्त्वहरूले भरिपूर्ण कम क्यालोरी भएको तरकारी हो । यसमा घुलनशील र अघुलनशील फाइबर दुवै हुन्छ, जसले मानिसलाई पेट भरिएको महसुस गराउँछ र लामो समयसम्म भोक लाग्दैन । यसबाहेक यसले पाचन स्वास्थ्यलाई पनि राम्रो बनाउँछ ।

गाजर

गाजरले पेटको बोसो घटाउन मद्दत गर्छ । कम क्यालोरी भएको गाजरमा उच्च फाइबर, भिटामिन र एन्टिअक्सिडेन्ट राम्रो मात्रामा पाइन्छ ।

ब्रोकाउली

एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्सले भरपुर ब्रोकाउली खाँदा शरीरको बोसो घटाउन मद्दत गर्छ । यसबाहेक यसमा धेरै प्रकारका भिटामिन, प्रोटिन र अन्य प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले पेटको बोसो घटाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?