मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नोबेल पुरस्कार विजेता युनुस बङ्गलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाडौँ – बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

यस अघि मंगलबार राष्ट्रपतिले बङ्गलादेशको संसद भङ्ग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।

८४ वर्षीय यूनुसले बङ्गलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?