काठमाडौँ- विगत लामो समयदेखि लगातार बढिरहेको शेयर बजारमा मंगलबार भारी गिरावट आएको छ । धितोपत्र बजार मापक नेप्से परिसूचक मंगलबार १४५.०५ अंकले घट्दै २६५१.३२ विन्दुमा कायम भएको छ ।
मंगलबार कारोबार रकमले पनि कीर्तिमान बनाएको छ । आज शेयर बजारमा २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज ८ वटा कम्पनीको शेयर बढ्दा २ सय ३३ कम्पनीका शेयर ओरालो लागे । एउटा कम्पनीको शेयर भने स्थिर रह्यो ।
आज सबै उपसूचक ओरालो लागे । सबैभन्दा धेरै वित्त उपसूचक ८.२७ प्रतिशतले घट्यो । त्यसैगरी, होटल तथा पर्यटन उपसूचकमा आज ८.०३ प्रतिशतले कमी आयो ।
त्यस्तै, लगानी उपसूचक ६.३८ प्रतिशत र जीवन बीमा उपसूचकमा ६.३३ प्रतिशतको कमी देखियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया