मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रिंयका चोपडाको अनुहारमा कसरी लत्पतियो रगत ?

काठमाडौँ– बलिउड अभिनेत्री प्रिंयका चोपडाले हलिउड फिल्म ‘द ब्लफ’ को सुटिङको लागि गरेको मेकअपको तस्वीर आफ्नो आधिकारिक इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

तस्वीर र भिडिओमा अभिनेत्री चोपडाको अनुहार रगतले लत्पतिएको छ । हाल अभिनेत्री प्रिंयकाले जलेको कपालको लागि एक विस्तृत मेकअप गरेकी छिन् ।

प्रिंयकाले पोष्ट गरेको तस्वीको क्याप्सनमा लेखेकी छिन्, ‘दर्शकलाई बताउन चाहन्छु की मेरो यो लुक ‘द बल्फ’ फिल्मको लागि गरेको हो । म फिल्म सेटमा छु । साथै यी सबै मेकअप हो । समुन्द्री लुटेराले जहाजमा १८०० दशक ह्रिंसकको समय थियो । यो हेर्दा अविश्वसनीय छ । क्रूको हरेक विभाग कसरी कल्पना वास्तविकतामा बदल्छ ।’

अभिनेत्री प्रिंयकाको उक्त तस्वीर सार्वजनिक हुने बित्तिकै दर्शकले उनको खुलेर प्रशंसा गरेका छन् । अधिकांश दर्शकले फिल्मलाई प्रतिक्षा गर्नेसमेत जनाएका छन् ।

‘द ब्लफ’ आगामी अमेरिकी फिल्म हो । जुन फ्रेक इ फ्लाँबर र बालरीनो मिलेर लेखेका हुन् । फ्लावरले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा प्रिंयका मुख्य भूमिकामा रहेका छन् । उनीसँग कार्ल कार्बन, इस्माइल क्रूज काँर्डोवा, सफिया ओकले ग्रीन र बेदातन नायडु छन् । ‘द ब्लफ’ बाहेक प्रिंयका जान सीनासँगै एक्सन कमेडी हेड्स अफ स्टेटमा देखिने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?